ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

साउथ अफ्रिकामा सम्पन्न भएको टी२० क्रिकेट प्रतियोगिताको ४ म्याचको सिरिजमा भारतले साउथ अफ्रिकालाइ ३/१ ले हराउदै सिरिज कब्जा गरेको छ । सुर्यकुमार यादवको कप्तानीमा रहेको भारतिय टोलीले सबै म्याचमा पहिले ब्याटिङ गरेको थियो । पहिलो म्याचमा भारतका लागी सञ्जु स्यामसनले शतक प्रहार गर्दै म्याच जिताउदा दोस्रो म्याचमा भने आफ्नो बलिङको भरमा साउथ अफ्रिकाले जित निकालेको थियो ।
तेस्रो र चौथो म्याचमा भने युवा ब्याटर तिलक वर्माको शतकिय पारीको मदतमा भारत विजयी भएको थियो । तिलकलाइ दुवै म्याचमा कप्तान सुर्यकुमारले तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाएका थिए । अन्तिम म्याचमा भारतका दुइ जना ब्याटरले शतक प्रहार गर्दा भारतले १ विकेटको क्षतिमा २८३ रनको योगफल तयार पारेको थियो । सञ्जुले करियरको तेस्रो शतक तथा सिरिजको दोस्रो शतक प्रहार गर्दा यसै सिरिजमा तिलकले समेत लगातार दुइ शतक प्रहार गर्दै भारतका लागी टी२० मा लगातार दुइ शतक हान्ने दोस्रो खेलाडीको रुपमा आफुलाइ स्थापित गरे ।
सिरिजमा भारतिय टप ब्याटर
ब्याटर पहिलो खेल दोस्रो खेल तेस्रो खेल चौथो खेल
सञ्जु स्यामसन १०७(५०) ०(३ ) ०(०२) १०९(५६)
तिलक वर्मा ३३ (१८) २०(२०) १०७(५६) १२०(४७)

सिरिजमा भारतिय टप बलर
बलर पहिलो खेल दोस्रो खेल तेस्रो खेल चौथो खेल वरुण चक्रवर्ति ३/२५(४.०) ५/१७(४.०) २/५४(४.०) २/४२(४.०)
अर्शदिप सिंह ३/२५(३.०) १/४१(४.०) ३/३७(४.०) ३/२०(३.०)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!