ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

कंचनपुर 

०२ कार्तिक २०८१

आज भएको नेपाल र अमेरिका बिच अमेरिकामा भएको पहिलो t20  क्रिकेट खेलमा नेपालका अलरारउण्डर दिपेन्द्र सिंह ऐरीको  १८ बलमा २८ रन तथा ३ ओभरमा ३ विकेट का साथै एक रन आउटको मदतमा नेपालले t20 मा पछिल्लो विश्वकपमा बलियो देखिएको अमेरिकालाइ सजिलै हराएको छ। 

घरेलु टोली अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालका लागी ओपनरहरु अनिल साह तथा आशिफ शेखले टिमलाइ राम्रो सुरुवात दिदै ५.३ ओभरमा ४८ रनको साझेदारी गरेको थियो । १८ बलमा २ चौका तथा १ छक्काको मदतमा २७ रन जोडदै अनिल साह नेपालको पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यस यता नेपालले १०० रन भित्र ४ विकेट गुमायो ६९(९.३) को स्कोरमा आशिफ शेख, ७५ (१०.१) मा कुशल भुर्तेल, ९३ (१२.४) मा गुलशन झा आउट हुदा नेपाल ९३/४  को अवस्थामा पुगेको थियो । 

६ नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले १७ बलमा २८ रनको इनिङ खेल्दै कप्तान रोहित संग राम्रो साझेदारी गरी टीम लाइ १५९/६  (१८.६) पुगाएका थिए । लगत्तै अर्को बलमा करन के सी आउट भए २ बल पछी आसिफ शेख आफ्नो इनिङको पहिलो बलमा आउट हुन पुगे । १९.४ ओभरमा सोमपाल कामी आउट हुदा टीमको इनिङको अन्तिम बलमा रोहित ४९ रन बनाउदै आउट भए । नेपालले बलियो मानिएको अमेरिकालाइ जितको लागी १६५ रनको लक्ष्य दियो । 

जवाफी ब्याटिङमा उत्रिएको अमेरिका नेपालका अगाडी घुडा टेक्दै गयो । करन के सी  र रिजन ढकाल ले अमेरिकालाइ रन बनाउन दिएनन मात्रै विकेट समेत लिए यसै बिच दिपन्द्रले एउटा रन आउट समेत गरे भने उनले ३ ओभर बलिङ गर्दै ३ महत्वपुर्ण विकेट समेत लिए । 

अमेरिका लागी s. Jahangir ले ३४ बल खेल्दै ६० रनको नटआउट इनिङ खेले पनि अमेरिका लक्ष्य भन्दा १७ रन टाढा रह्यो । 

खेलको “म्यान अफ द म्याच” समेत भएका  दिपेन्द्र अलराउण्डर तर्फ विश्व वरियताको पछिल्लो सुचीमा २ नम्बरमा छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!