धनगढी, २८ साउन २०८१
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले २०८१/०४/३० गते बुधबार बिश्वासको मत लिने भएका छन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले सोही धाराको उपधारा (४) अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।