काठमाण्डौ
११ साउन २०८१
साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा काठमाण्डौ देखि पोखराको लागी उडान शुरु गरेको सौर्य एअरलाइन्सको विमान विमानस्थल नजिकै हुदा दुर्घटनामा परि विमानमा सवार १८ जना यात्रुहरुले घटनास्थलमै ज्यान गुमाएका थिए भने १ जना घाइतेको उद्दार गरी काठमाण्डौ मेडिकल कलेजमा उपचारको लागी पुर्याइएको थियो ।
घाइते भएका सोही विमानका पाइलट क्याप्टेन मनिषरत्न शाक्यलाई उपचारको लागी काठमाण्डौ मेडिकल कलेज पुर्याइएको थियो ।
काठमाण्डौ मेडिकल कलेजले प्रेस बिज्ञप्ती निकाल्दै साउन ९ गते शौर्य एअरलाइन्सका कर्मचारी सवार मध्ये १८ जना घटनास्थलमै निधन भएकोमा दु:ख व्यक्त गर्नुका साथै शोकमा रहेका परिवार प्रती हार्दिक सम्वेदना व्यक्त गरेको छ ।
उक्त घटनामा घाइते भएका पाइलट क्याप्टेन मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको तथा अन्य जटिलताहरु नदेखिएको जानकारी गराएको छ ।