ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

कंचनपुर, २५ जुलाई २०२४

अखिल नेपाल महिला संघकी अध्यक्ष चिनी गिरीको नेतृत्वमा एक टोलीले कंचनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा भीमदत्त नगरपालिका वडा नं. २ की १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पुरा भए पनि पीडितले अहिलेसम्म न्याय नपाएको उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा, कंचनपुर बासीहरूले सरकारलाई चाँडो भन्दा चाँडो अनुसन्धान टुंगो लगाई अपराधीलाई कारबाही गर्नेमा जोड दिएका छन्। २२ दिनसम्म न्यायका लागि चलेको आन्दोलनमा घाइते तथा मृत्यु भएका घटनाहरूलाई पनि उलेख गर्दै, मृतक बालिकाको परिवारलाई न्याय दिलाउने आश्वासन प्रदान गर्न गृहमन्त्रीलाई आग्रह गरिएको छ।

ज्ञापन पत्र बुझाउने क्रममा अखिल नेपाल महिला संघकी अध्यक्ष चिनी गिरीले भनिन्, “निर्मला पन्तको हत्याको ६ वर्ष बितिसक्दा पनि पीडितले न्याय पाउन नसक्नु दु:खद छ। सरकारको तर्फबाट शीघ्र कारबाही र दोषीलाई कडा सजाय दिनुपर्ने आवश्यकता छ।”

ज्ञापन पत्रमा कंचनपुर बासीहरूको आग्रह उल्लेख गर्दै, अनुसन्धानलाई चाँडो निष्कर्षमा पुर्याउन र अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकारको प्रतिबद्धता आवश्यक रहेको बताइएको छ। कंचनपुर बासीहरूले सरकारको तत्परता र न्याय दिलाउने प्रयासप्रति विश्वास व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!