बैतडी, ०२ साउन २०८१
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ । नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले ११३सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गर्नुभएको हो ।
समितिको उपाध्यक्षमा अमरबहादुर टेर,दिपेन्द्रबहादुर बोहरा,भुवन भट्ट, सचिवमा धनी भट्ट,धनबहादुर चन्द,कोषाध्यक्ष अम्बिका जोशी,सहसचिवमा रोशन भट्ट,कबिता चन्द,नविन विष्ट,धनेश्वरी भट्ट,राहुल विष्ट,पुनम भट्ट,प्रकाश विष्ट र अन्य सदस्यहरु रहेका छन् ।
यस्तै १० ओटै पालिकामा १० जाना पालिका संयोजक मनोनयन भएका छन् । दसरथचन्द नगरपलिकामा कमलेश भण्डारी , पाटन नगरपालिकामा हरीश विष्ट पूर्चौडी नगरपलिकामा लोकेन्द्र साउँद , मेलौली नगरपालिकामा विजय पोखरेल , दोगडकेदार गाउँपालिकामा उमेश भट्ट, पञ्चेश्वर गाउँपालिकामा राजु मंगोला, सिगास गाउँपालिकामा मिलन कुमार बोहरा डीलासैनी गाउँपालिकामा राजेन्द्र बहादुर धामी, सुर्नया गाउँपालिका संयोजकमा जयन्त प्रसाद भट्ट र शिवनाथ गाउँपालिकामा प्रतिभा साउदलाई मनोनित गरेको नेबिसंघ जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष ढुंगालले बताउनु भयो ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं संसोधन २०७३ बमोजिम जिल्ला कार्यसमिति बिस्तार गरिएको अध्यक्ष ढुंगालले बताउनुभयो । ढुंगाललाई गत जेठमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजांग शेर्पाले जिल्ला अध्यक्षमा मनोनित गर्नुभएको थियो ।