कंचनपुर , ३१ असार २०८१
लोकतान्त्रिक गणतन्त्रका नयाँ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन । नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन पश्चात् देशले नयाँ कार्यकारी पाएको हो । यस भन्दा अगाडीको सरकारमा समेत नेकपा एमाले नेकपा माओवादी , राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य दलहरु सङ्ग सत्ता साझेदारी गर्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्वमा राख्दै सरकारमा बसेको थियो ।
असार २८ गते प्रतिनिधिसभामा बिश्वासको मत लिएका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहालले विश्वासको मत पाउन नसके पछि नेपालको संविधानको धारा ७६ उपधारा २ बमोजिम नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवाको समर्थनमा के.पी. शर्मा ओली नव नियुक्त प्रधानमन्त्री भएका हुन ।
आज एक कार्यक्रमका बिच ओलीले दुई उपप्रधानमन्त्री सहित मन्त्रीमण्डल सहित नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाइ जिम्मेवारी समेत तोकेका छन ।
नयाँ मन्त्रीहरुमा नेपाली काङ्ग्रेसबाट उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह , गृह मन्त्रालयमा रमेश लेखक , परराष्ट्र मन्त्री आरजु देउवा , युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी , स्वास्थ्य तथा जनसंख्या प्रदिप पौडेल , कानुन मन्त्री अजय चौरसिया पर्यटन मन्त्री बद्री पाण्डे , कृषिमा रामनाथ अधिकारी, उर्जा मन्त्रालयमा दिपक अधिकारी र वन मन्त्री ऐन बहादुर शाही जिम्मेवारी तोकिएको छ ।
नेकपा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली , उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु पौडेल , सन्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ , भुमीव्यवस्था बलराम अधिकारी , उद्योग मन्त्री दामोदर भण्डारी , भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहाल ,शिक्षा मन्त्री विद्या भट्टराई , रक्षा मानविर राई संघीय मामिला राजकुमार गुप्ताले जिम्मेवारी पाएका छन ।
यस्तै लोसपा बाट श्रम मन्त्रालयको जिम्मेवारी शरतसिंह भण्डारीले पाएका छन भने जसपा बाट खानेपानी मन्त्रालय प्रदिप यादवले तथा महिला , बालबालिका मन्त्रालय नवलकिशोर शाहले पाएका छन ।