बैतडी , असार २७, २०८१
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ ले आज सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
चालु आर्थिक बर्ष २०८०÷८१ मा वडा कार्यालय मार्फत सञ्चालन भएका योजना र सम्पन्न भएका कामहरुको बारेमा जानकारी दिने उद्देश्यसहित सार्वजनिक सुनुवाईको आयोजना गरिएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको वडा अध्यक्ष केशवराज लेखकले जवाफ दिएका हुन । चालु आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयमार्फत विभिन्न योजनाहरु सम्पन्न भएको त्यतीका योजना सम्पन्न हुदा समेत सिमित बजेटका कारण सम्पूर्ण वडाबासीहरुको सोच अनुसार सबै योजनाहरु पूरा गर्न नसकिएको बताउनु हुन्छ , वडा अध्यक्ष लेखक
उनले वडा कार्यालयले चालु आर्थिक बर्षमा विकास निर्माणका साथै क्षमता अभिवृद्धिका कामहरु सञ्चालन गरेको उनले बताए । बजेट अनुसार वडाका अधिकांश नागरिकलाई लाभान्वित हुने खालका कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष लेखकले बताए ।
महिला लक्षित कार्यक्रम अन्तर्गत वडाबाट १२ ओटा आमा समूहमा विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि सचेतनामूलक छलफल चलाएको वडा सदस्य नन्दा भट्टले बताइन् ।
वडा नं ५ स्थित दशरथचन्द स्वास्थ्यचौकीमा सुत्केरी हुन आउने आमाहरुलाई वडाको तर्फबाट थप २ हजार ६ सय प्रोत्साहन भत्ता वितरण गरिएको वडा अध्यक्ष लेखकले बताए । घरमा हुने सुत्केरी शून्य अभियान अन्तर्गत प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
वडाको कामलाई वडाबासी सम्म पुर्याउन तथा वडामा लुकेर रहेका समस्याहरु तथा काम गर्ने तरिका , वडाले काम गर्दै गर्दा वडा बासीको समस्या समाधान भए नभएको थाहा पाउन र अघिल्ला दिनहरुमा कसरी वडाको कार्य सम्पादन गर्ने भनी सहजताको लागी वडा स्तरिय सार्वजनिक सुनुवाइ जरुरी समेत हुने गर्दछ ।