विश्वमै हिन्दु मुलुकका रुपमा पहिचान बनाएको नेपाल भारतको छिमेकी राष्ट्र समेत हो । प्रत्येक वर्ष नेपालबाट भारतका तिर्थस्थलहरुमा घुम्न जाने नेपाली भक्तजनहरुको संख्या उल्लेख्य रहेको पाइन्छ । नेपाल बाहेक भारतमा समेत हिन्दु धर्मावलम्बीहरुको संख्या बृहत् रहेको पाइन्छ । जसको फलस्वरुप भारतमा समेत हिन्दुहरुले मान्ने गरेका तिर्थ स्थलहरु प्रयाप्त संख्यामा रहेका छन । नेपालसङ्ग भारतको खुला सीमाना रहेको तथा आपसी सम्बन्धमा पनि भारत र नेपालका जनताहरुको सम्बन्ध मित्रताको सम्बन्ध रहदै आएको छ । भारतमा इष्ट इन्डिया कम्पनीले आफ्नो शासन चलाउदै गर्दा उनीहरु नेपालमा समेत आफ्नो हात बढाउन चाहन्थे तर नेपाल आफ्नो सुरक्षाको लागि आफै तयार रहदा उनीहरुको केही पनि चलेको थिएन इतिहासका पानाहरुमा नेपाल भारत भन्दा बलियो राष्टको रुपमा रहेको थियो । केही दिन अगाडि मात्रै भारतको उत्तर प्रदेश राज्यको हाथरसमा सत्संग चलिरहेका बेला भागदौड मच्चिएर १३० जनाको मृत्यु भएको थियो ।
तिर्थ स्थलहरुमा भएको यो कुनै नयाँ घटना भने होइन । सन १९५४ मा कुम्भको मेलामा यस्तै भागदौड मच्चिदा ८०० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए , महाराष्ट्र राज्यमा मंधारदेवी मंदिरको मन्दिरमा भागदौड भइ ३४० जनाले ज्यान गुमाएका थिए । भारतमा रहेका तिर्थ स्थलहरुमा धार्मिक आस्था भइ उल्लेख्य रुपमा नेपालीहरुको पनि सहभागिता रहेको हुन्छ ।
भारतिय तिर्थ धामहरुमा अहिले सम्म भएका भागदौडका केही ठुला घटनाहरु तथा मानविय क्षतीका विवरण यस्ता रहेका छन ।
# सन 1954: फरवरी ३ मा कुंभ मेलामा ८०० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका , २००० भन्दा मानिसहरु घाइते तथा २०० जना हराएका थिए ।
# भारतको महाराष्ट्र राज्यको मंधारदेवी मंदिर मन्दिरमा भागदौड हुदा ३४० जनाले ज्यान गुमाएका थिए ।
# उत्तर प्रदेश राज्यको हाथरसमा सत्संग कार्यक्रममा भागदौड भइ १३० जनाले ज्यान गुमाएका थिए ।
# 30 सितंबर 2008: राजस्थानको जोधपुर शहरमा चामुंडा देवी मंदिरमा बम विस्फोटको भ्रम फैलिन गई सबै जना भाग्न खोज्दा 250 भक्तजनहरुको मृत्यु भएको थियो भने 60 भन्दा बढी मानिस घाइते भएका थिए ।
# 3 अगस्त 2008: हिमाचल प्रदेशको नैना देवी मंदिरमा देवी माताको दर्शन गर्न गएका भक्तजनहरुमा भागदौड मच्चिदा 146 जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो ।
# 3 सितंबर 2008: राजस्थानको चामुंडा देवी मंदिरमा भागदौड मच्चिदा 224 जनाले ज्यान गुमाएका थिए ।
# 4 मार्च 2010: उत्तर प्रदेशको प्रतापगढ़ जिल्लामा कृपालु महाराजको राम जानकी मंदिरमा भागदौड मच्चिएको थियो। उक्त भागदौडमा 63 जनाको मृत्यु भएको थियो ।
# 10 फरवरी 2013: प्रयागराजमा कुंभ मेला चलिरहेको बेला भागदौड मच्चिएर ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौ भक्तजनहरु घाइते भएका थिए ।
# 1 जनवरी 2022: जम्मू कश्मीरको कटरामा रहेको वैष्णो देवी मंदिरमा भक्तजनहरुको भीड़मा भागदौड मच्चिदा 12 जनाको मृत्यु भएको थियो ।
# 14 जनवरी 2011: केरलको इडुक्की जिल्लामा रहेको सबरीमाला मंदिरमा तिर्थयात्रीहरु बिच भागदौड हुदा 109 जनाको मृत्यु भएको थियो ।
# सन 2013: मा मध्य प्रदेशको रतनगढ़ माता मंदिरमा भागदौड मच्चिदा मानिसहरु भाग्न खोज्दा मन्दिर सम्म जाने पुलनै भाच्चिएर ११५ जनाको मृत्यु भएको थियो ।
# मार्च 2023: पछिल्लो वर्षको मार्च महिनामा मध्य प्रदेशको इंदौरमा बेलेश्वर महादेव झूलेलाल मंदिर (Indore Temple Accident) को स्लैब टुटन गइ मन्दिरमा भागदौड हुदा 36 जनाको मृत्यु भएको थियो ।