ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेल पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । यस प्रदेश बाट राष्ट्रीय तथा अन्तर्राष्ट्रीय खेलाडिहरू उत्पादन भएका र राष्ट्रका लागि खेलिरहेका उदाहरण नयाँ होइनन । धनगढीमा क्रिकेट खेल लोकप्रिय बनेपछि अस्थायी मैदानको रूपमा वि.सं. २०७१ सालमा धनगढी उप महानगरपालिका वडा नम्बर ३ मा रहेको फाप्ला क्रिकेट मैदानको पहिचान गरिए पछि उक्त मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउनका लागि २०७२ सालबाट सुवास शाहीले ड्रिम फाप्ला अभियान सञ्चालन गरेका थिए ।

धनगढी उप महानगरपालिकामा रहेको होटल डिभुटीमा फाप्ला अन्तराष्ट्रिय क्रीकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितीको बैठक नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रालयका मन्त्री बिराज भक्त श्रेष्ठको बिशेष उपस्थितिमा, धनगढी उप महानगरपालिका का प्रमुख गोपाल हमाल, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही लगायत समितिका पदाधिकारी तथा कर्मचारी समेतको सहभागितामा कैलालीको धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका विषयमा छलफल सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले आज एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्रालयका मन्त्री बिराज भक्त श्रेष्ठ सहितको टोलीलाई रङ्गशाला निर्माणको काम बारे जानकारी गराउने क्रममा रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)को प्रगतिको बारेमा, चालु आर्थिक वर्ष भित्र नै डिपीआर र ईआइए को काम पूरा हुने डिपीआर र ईआइएका लागि टेन्डर स्वीकृत भएर काम थालिएको तथा चालु आर्थिक वर्षमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको डिपीआरमात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको र आगामी आर्थिक वर्षका लागि एक करोड ७५ लाख विनियोजन गरिएको बारे, चालु र पुँजीगत दुबै तर्फको गरेर एक करोड ७५ लाख बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बताएका छन । यसबारे थप जानकारी गराउदै शाहीले भने डिपीआर र ईआइए स्वीकृत भएपछि रङ्गशाला निर्माणका लागि बजेटको अभाव नहुने, डिपीआरको काम पूरा भएपछि लगानीको विषय खुल्ने, डिपीआर तयार भएपछि सरकारसँग थप बजेट माग गरिनुका साथै अन्तर्राष्ट्रिय स्तरबाट पनि बजेटको जोहो गर्न पहल गर्ने बताएका छन ।
ड्रिम फाप्ला अभियानको क्रममा यसको विस्तृत योजना बनाइएता पनि नेपाल सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला मात्रै नभई खेलग्राम नै बनाउने निर्णय गरेपछि पहिले बनेको विस्तृत योजना भन्दा केही भिन्न रूपमा संरचना निर्माण गर्दा नयाँ डिपीआर निर्माण थालिएको थियो । खेलग्राम भित्र क्रिकेट रङ्गशाला सहित अन्य संरचना समेत बन्ने भएपछी यो अभियानले सुदुरपश्चिमको खेल क्षेत्रमा थप बल पुर्‍याउने समेत देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!