२० ओभरमा खेलाइने क्रीकेट विश्वकप २०२४ मा आज भारत र पाकिस्तान एका अर्का संग भिडदै छन । दुई देश विचको सीमा विवादले गर्दा यी राष्ट्रका टोली एक आपसमा क्रीकेट सिरिजहरु नखेलेको पनि धेरै वर्ष भइसकेको छ । जारी विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल आयोजक अमेरिका संग हारिसकेको छ भने भारत आफ्नो पहिलो खेल जितेर दोस्रो खेल पाकिस्तान संग खेल्दैछ । पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको छ भने भारत टस हारेर पहिले ब्याटिङ गर्न भएको छ ।