ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

नेपाल विद्यार्थी संघ कंचनपुरका अध्यक्ष रमेश चटौत सहितको विद्यार्थीहरुको समुहले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन । ने.वि.संघ विद्यार्थीहरुले ज्ञापनपत्र भने कंचनपुर जिल्ला प्रशासन कार्यालय मार्फत बुझाएका हुन ।
ज्ञापनपत्रमा बिद्यार्थी केन्द्रित आवश्यक संशोधन गरि “शिक्षा ऐन २०८० ” जारी गर्नु पर्ने , सहकारीको रकम हिनामिनामा आवश्यक कार्बाही गर्दै बचतकर्ताहरुलाइ न्याय दिनुपर्ने र उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बड़ी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउनका साथै विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्वन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्नुपर्ने माग गरेका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!