भारतमा जारी इण्डियन पृमियर लिग क्रीकेट प्रतियोगितामा ५ पटक सम्म ट्रफी जित्न सफल टोली मुम्बई इन्डियनस अंक तालिकाको ९औ स्थानमा पुगेको छ । प्रतियोगितामा कुल १० ओटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन । ९ खेल खेलिसकेको मुम्बई इन्डियन्स यस वर्ष हार्दिक पाण्ड्याको कप्तानीमा छ भने अंक तालिकाको अन्तिम अर्थात १०औ स्थानमा भने विश्व क्रीकेटका स्टार खेलाडीको रुपमा परिचित विराट कोहली सम्मलित रोयल च्यालेन्जर्स बेङलाेर रहेको छ ।
विराट कोहली जारी प्रतियोगितामा सबै भन्दा बढी रन बनाउने खेलाडीको पहिलो स्थानमा छन भने मुम्बई इन्डियन्सका स्टार बलर जसप्रीत बुमराह सबै भन्दा बढी विकेट लिने खेलाडीको सुचीमा अग्र स्थानमा रहेका छन ।
मुम्बई इन्डियन्स तथा रोयल च्यालेन्जर्स बेङलाेर दुवैले १० खेल खेल्दा ३ खेलमा जित तथा ७ खेलमा हार बेहोरेको छ । पछिल्लो खेलमा लखनउसङ्ग ४ विकेटले हार बेहोरेको मुम्बई १० खेलमा ७औ खेल हार्न पुगेको हो । यो समीकरण संगै लिगको पहिलो स्थानमा राजिस्थान रोयल्स ९ खेलमा ८ खेल जित्दै १६ अंक , दोस्रो स्थानमा कोलकता नाइट राइडर्स ९ खेलमा ६ खेल जित्दै १२ अंक , तेस्रो स्थानमा पछिल्लो खेल जित्दै लखनउ १० खेलमा ६ खेल जित्दै १२ अंकमा रहेका छन भने भारत तथा विश्व क्रीकेट जगतमा आफ्नो खेलबाट समर्थकहरु बिच चर्चामा रहने भारतिय क्रीकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी सम्मलित टीम चेन्नइ सुपर किङस ९ खेलमा ५ खेल जित्दै चौथो स्थानमा रहेको छ । जारी लिगको फाइनल खेल भने २६ मे मा हुनेछ ।