विश्व खेल जगतमा फुटबल पछिको दोस्रो लोकप्रिय खेलका रुपमा मान्यता पाउने गरेको क्रीकेट खेल हिजो आज लोकप्रियताको शिखरमा रहेको पाइन्छ।
करिब एक महिनाको तालिका सार्वजनिक गरी भारतिय क्रीकेट बोर्डले खेलहरु खेलाइरहेको छ । विश्वका विभिन्न देशहरुका खेलाडीहरुको सहभागीता हुने यो लिगमा नेपाली खेलाडीहरु लाई भने कम मौका मिल्ने गरेको तथ्यांक क्रीकेट प्रेमीहरुले औल्याउँदै गरेको पाइन्छ । करिब १६ वर्ष देखि संचालनमा रहेको यस लिग प्रतियोगितामा नेपालको तर्फ बाट सन्दिप लामिछाने मात्र एक खेलाडी हुन जसले विगतको समयमा भारतिय लिगमा समावेश हुने मौका पाएका थिए ।
भारतिय क्रीकेट काउन्सिल BCCI ले आयोजना गरी संचालन भइरहेको इन्डियन प्रीमियर लिग भारतका विभिन्न शहरहरुमा रहेका रंगशालामा खेलाइदै छ ।
क्रीकेट खेललाई भारतमा अन्य खेलहरुको तुलनामा बढी लोकप्रिय समेत मानिन्छ ।
किन खेल्न पाउदैनन नेपाली खेलाडीहरु ?
नेपालले पछिल्लो समय एसियन क्रीकेट खेलहरु खेल्दै गर्दा विश्व क्रीकेटमा सयौ वर्ष देखि खेल्दै आएका टिमका नाममा रहेका केही रेकर्डहरु एकै झटकामा आफ्नो नाममा गरेका थिए ।
कुनैपनी खेल क्षेत्रमा अनुभव वा राम्रो खेलको आधारमा खेलाडीहरुको माग हुनु स्वभाविक कुरा हो तर नेपाली क्रीकेट खेलाडीहरु विश्व क्रीकेटमा छोटो समयमा आफ्नो छाप छोडन सफल भएका छन , क्रीकेट जगतका केही थान रेकर्डहरु समेत आफ्नो नाममा लेखाएका नेपाली खेलाडीहरुले दशकौ देखि क्रीकेट खेल्दै आएका र असिमित लगानी गरि तयार पारिएका खेलाडीहरुका नाममा रहेका भारतिय रेकर्डहरु एक पछि अर्को गरि तोडदै जानुले कहि कतै भारतिय क्रीकेट बोर्डले नेपाली क्रीकेट खेलाडीहरु विश्वकै खेलाडीहरु सङ्ग खेल्दै जानु भोलीको समयमा नेपाल क्रीकेट जगतमा भारत भन्दा माथी जान सक्ने सम्भावना देखाएको हो कि ?
IPL मा यदि विश्व चर्चित र राम्रो परदर्शन गर्ने खेलाडीहरु लाई मौका दिइने भएको भए , ९ बलमा अर्धसतक हान्ने खेलाडीलाई किन कुनै टिमले आफ्नो टिममा लिन खोजेनन त ?
सन्दिप छनौट भइसकेपछी करिब एक वर्षको खेलमा उनी खेल हेर्न मात्रै टिममा परेको जस्तो खेल हेर्ने दर्शकहरु लाई लाग्नु जायज थियो । टिम लिगबाट बाहिर जाने निश्चित भइसकेपछी पहिलो पटक मौका पाएका सन्दिप आफू खेलेको खेलमा अर्को खेलमा खेलाउनै पर्ने आवश्यकका रुपमा देखिए पश्चात् मात्र केही समय टिममा रहे पनि अर्को चोटीको अक्सन बाट कुनै पनि टिमले उनलाई आफ्नो टिममा नै लिन नचाहनु को कारण चाहिँ के होला त ?