एसियायी खेलहरु अन्त्रगत भइरहेका खेलहरुमा क्रीकेट पनि एक हो । टी20 तरिकामा भइरहेको उक्त खेल शृङ्खलामा नेपालको टीम समेत सम्मलित रहेको छ ।
पछिल्लो केही वर्षयता नेपालले क्रीकेटमा एक पछि अर्को सफलताहरु हात पार्दै गइरहेको छ ।
आफ्नो देशमा स्तरिय खेल मैदानको अभाव , खेलाडीहरुलाइ प्रयाप्त अभ्यासको कमिका बावजुत नेपालले विश्व क्रीकेटलाई नै चुनौती दिन सफल भइरहेको मान्न सकिन्छ ।
पछिल्लो समय सम्पन्न भएको एसिया कप क्रीकेटमा विश्व वरियतामा शिर्षमा रहेका टोलीहरु सङ्ग प्रतिस्पर्धात्मक खेल देखाउदै अहिले संचालनमा रहेको एसियाली खेलहरुमा नेपालले गोल्ड जित्ने सम्भावना प्रवल देखिदै आएको छ ।
नेपाली क्रीकेट टोलीले मङ्गोलियन क्रीकेट टीम सङ्ग म्याच जित्दै गर्दा अनौठा रेकर्डहरु समेत कायम गरेर पुनः विश्व क्रीकेटको ध्यान आफु तर्फ तानेको छ । नेपालका व्याटर कुशल मल्ल तथा दिपेन्द्र सिंह ऐरीले विश्वमै तिब्र शतक तथा अर्धशतकको कीर्तिमान कायम गरेका छन भने विश्वमै २० ओभरको खेलमा ३१४ रन बनाउन सफल पहिलो टीमको रेकर्ड समेत आफ्नो नाममा लेखाउन सफल भएका छन ।
भारतका युवराज सिंह तथा वेष्ट इन्डियन टीमका कृश गेलले १२ बलमा अर्ध शतक( ५० रन ) बनाएका थिए भने नेपालका ब्याटर दीपेन्द्र सिंह ऐरीले १० बलमा ५० रन पूरा गर्दै कीर्तिमान आफ्नो नाममा गरेका छन ।