नेपाल विद्यार्थी संघ कंचनपुरले ने.वि.संघको ५४ औ स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
विद्यार्थी राजनितीबाट राजनितिक स्वरुपमा भविष्य बनाउने र देशको प्रतिनिधित्व गर्ने सम्मका नेता उत्पादन गर्ने सङ्गठनको रुपमा ने बि संघलाई चिन्ने गरिन्छ ।
नेपाल विद्यार्थी संघको ५४ औ स्थापना दिवसको उपलक्ष्यमा हिजो नेपाल विद्यार्थी संघ कंचनपुरले भव्यताको साथ कार्यक्रम सम्पन्न गरेको थियो । नेपाल विद्यार्थी संघ कंचनपुरको आयोजनामा आयोजित कार्यक्रम भिमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगर बजार नजिक रहेको समाज कल्याण बाल अनाथालयमा आयोजना गरेको हो । नेपाल विद्यार्थी संघ कंचनपुरका जिल्ला अध्यक्ष रमेश चटौतको अध्यक्षतामा अनाथालयमा रहेका बाल-बालिकाहरुलाइ खाद्यान्न तथा शैक्षिक सामग्री बितरण गरि नेपाल विद्यार्थी संघको ५४ औ स्थापना दिवस मनाइएको हो ।
भिमदत्त नगरपालिकाका नगर प्रमुख तथा नेपाली काङ्ग्रेस कंचनपुरका जिल्ला सभापती पदम बोगटीको प्रमुख आतिथ्यमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितीको आयोजनामा कार्यक्रम गरिएको बताउनु हुन्छ , नेविसंघ कंचनपुरका जिल्ला अध्यक्ष रमेश चटौत ।
नेपाल विद्यार्थी संघले आयोजना गरेको सो कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा , भिमदत्त न.पा. कि उपप्रमुख निलम लेखक , नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति कंचनपुरका नेताहरु , कंचनपुर स्थित समाजसेवी , स्थानिय बासिन्दाहरु तथा पत्रकार सहितको उल्लेखनीय उपस्थिती रहेको थियो ।