ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

पहिलो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख नेपालको स्कोर ५ रन हुदा १ रनको निजी स्कोरमा आउट भएपछी क्रीजमा आएका भिम सार्कीले सम्हालिदै ब्याटिङ्ग गरेपनी टीमको स्कोर ५२ रन हुदा अर्का ओपनर कुशल भुर्तेल ३१ बलको सामाना गर्दै ३८ रनको निजी स्कोरमा पवेलियन तर्फ फर्केका थिए । भुर्तेलले आफ्नो ३८ रनको इनिङ्गगसमा २ आकर्षक छक्का र ५ चौका प्रहार गरेका थिए ७५ बलको सामाना गर्दै अर्धसतक पूरा गरेका थिए ।
भुर्तेल आउट भए सङ्गै खेल्न आएका नेपालका कप्तान रोहित पौडेलले भिम सार्की सङ्ग मिली टीमको स्कोर अगाडि बढाउदै जीतको अन्तर छोट्टाउदै गए पनि उनी ४३ बलमा ४२ रनको निजी स्कोरमा आउट भए उनी इनिङको २२ औ ओभरमा टीमको स्कोर ११९ रन हुदा तेस्रो विकेटको रुपमा आउट भएका थिए भने नेपालको जितको आधार भने युवा अलराउण्डर कुशल मल्लको तुफानी पारी र भिम सार्कीको सम्हालिएको पारीले तय गर्‍यो । नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दा कुशल मल्लले आक्रामक शैलीमा ४० बलमा ७० रनको पारी खेले जसमा ५ चौका र ५ छक्का प्रहार गर्दै नटआउट रहेका थिए भने भिम सार्कीले सम्हालिएर आफ्नो निजी स्कोर ९८ बलमा ७१ रनको बनाए उनले ५ चौका प्रहार गरेका थिए । टीमको स्कोर २३१ हुदा भिम आउट भएका थिए । २३१ रनमा ४ विकेट गुमाएको नेपाललाई विजयी रन भने दिपेन्द्र सिंह ऐरीले हानेका थिए उनले ३ बल खेल्दा चौका प्रहार गर्दै नेपाललाई बिजयी गराए भने दिपेन्द्र अजिवित ५ रनको निजी स्कोरमा रहे ।
नेपालले ३६.२ ओभरमा २३७/४ बनाउदै आफ्नो लक्ष्य पूरा गरि प्रतियोगिताको पहिलो खेलमा जीत पार्दै ए सि सि प्रीमियर लिगको दावेदारी पेश गरेको छ ।
यस भन्दा टस जितेर पहिले ब्याटिङ्ग रोजेको मलेसियाका लागी अहमद फैजले ९५ बल खेल्दै ७६ रन बनाए भने बिरन्दीप सिहले ९४ बल खेल्दै ४६ रनको पारी खेले अन्य ब्याटर भने राम्रो स्कोर गर्न बाट चुके मलेसियालाई २३५/९ मा रोक्न नेपालका सोमपाल कामी र पुर्व कप्तान समेत रहेका सन्दीप लामिछानेले समान ३ विकेट आउट गरे भने ललित राजबन्शीले २ गुल्सन झाले १ विकेट लिएका थिए ।

Pic Credit: Social Media

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!