स्थानीय तहको निर्वाचन तथा केन्द्रिय निर्वाचनमा पछिल्लो समय निर्दलिय (स्वतन्त्र ) उम्मेदवारहरुले प्राप्त गरेको सफलता र उनीहरुले राजनितिक विचार भन्दा स्थान परिवेशमा गरेको विकाश हेर्दै गर्दा हिजो-आज सबै क्षेत्रका मतदाता बिच आफ्ना विचार र एजेन्डालाई प्रमुख मान्दै उम्मेदवारीको प्रचलन बढदै गएको पाइएको छ ।
केही साता अगाडि मात्रै सुदुरपश्चिम विश्व विद्यालयको केन्द्रिय कार्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको घोषणा गरे सङ्ग विभिन्न राजनितिक दलका विद्यार्थी सङ्गठन हरु आ-आफ्नो सङ्गठनलाई जिताउन चुनावी प्रचार प्रसारमा लागी सकेका छन ।
यसैविच सुदुर पश्चिम विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा भने कंचनपुर जिल्लाबाट निस्कने पश्चिम-आज अनलाइन पत्रीकाका पत्रकार भुपी उपाध्यायले स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका छन ।
भुपी पत्रकारिता सङ्ग सङ्गै विभिन्न अभियानमा देखिने गरेका छन भने उनले विश्व -विद्यालयको पढाई सङ्ग सङ्गै विभिन्न म्युजिक भिडियोमा समेत मोडलिङ्ग गर्ने गरेका छन ।
निश्पक्ष आवाज सङ्ग टेलिफोन सम्पर्क मार्फत कुरा गर्दै भुपी भन्छन , “केन्द्रिय क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पार्टीगत भन्दा विश्व विद्यालयको तथा अध्ययनरत विद्यार्थीहरुको हकहितको लागी काम गर्न सक्ने व्यक्तीलाइ सभापतीमा चुन्ने बारे आफू ढुक्क भएको बताउछन ।”