ब्रेकिङ न्युज

उप निर्वाचन २०८१ उप निर्वाचन २०८१ यो Default Placeholder

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन ने.वि.संघको कंचनपुर जिल्ला अध्यक्षको रुपमा केही साता अगाडि मात्रै ने.वि.संघ केन्द्रले रमेश चटौतलाई नियुक्त गरेको थियो । अध्यक्ष रमेश राजनितिक रुपमा कंचनपुर जिल्लामै परिचित नाम समेत हुन । उनले विगतको समयमा विद्यार्थी हकहितका लागी अग्र पङतिमा रहि संघर्ष गर्नुका साथै सधै विद्यार्थीहरु माझ लोकप्रिय रहदै करिब एक दशक देखि ने.वि.संघको राजनितीमा रहदै आएका थिए ।

आफु ने.वि.संघको जिल्ला अध्यक्ष नियुक्त भइसकेपश्चात कंचनपुर जिल्लाका क्याम्पसहरु तथा अध्यनरत विद्यार्थीहरु माझ ने.वि.संघको उपस्थितीबारे लगातार अध्ययन गर्दै आइरहेका चटौतले हिजो कंचनपुरमा रहेका त्रिभुवन विश्व विद्यालयका १५ वटा क्याम्पसहरुमा सङ्गठन दर्ता गरेका छन । कंचनपुर जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा रहेका त्रिभुवन विश्व विद्यालयका क्याम्पसहरुमा एकैसाथ सङ्गठन दर्ताका साथै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु माझ स्व.वि.यु. केन्द्रिय छलफल समेत गरेको निश्पक्ष आवाज अनलाइन लाई अध्यक्ष चटौतले जानकारी गराएका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error: Content is protected !!