सुदुरपश्चिम विश्व विद्यालयमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । विश्व विद्यालयले एक सुचना प्रकाशित गर्दै आउदो चैत्र ०८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने जानकारी गराएको हो । वि.स. २०६४ सालमा तत्कालिन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो , त्यसपछी भने स्ववियु निर्वाचन विभिन्न कारणहरुले हुन सकेको थिएन । सुदुरपश्चिम विश्व विद्यालयको स्थापना पश्चात् भने पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको सुचना मार्फत सुदुर पश्चिम केन्द्रिय क्याम्पसले आफ्नो अन्त्रगत रहेका (आङ्गिक क्याम्पस) सम्पुर्ण क्याम्पसहरुलाइ स्ववियु निर्वाचनको तयारी गर्न समेत भनिएको छ । विद्यार्थीहरुमा हुने स्ववियु निर्वाचनलाई राजनितिको जग समेत मानिने गरिन्छ । केन्द्रिय राजनितिमा स्वतन्त्र धार बलियो बन्दै गइरहेको बेला स्ववियुको राजनितिमा स्वतन्त्र विद्यार्थीहरु राजनितीमा आउने वा पुरानै पार्टीका विद्यार्थी युनियनहरुको मात्र सहभागीता रहने भन्ने विषयले यसपालिको स्वतन्त्र विद्यार्थी युनियन रोचक हुने विद्यार्थीहरुको बुझाइ रहेको पाइन्छ ।