नेपाल-भारत सीमा क्षेत्रमा बढिरहेको लागू औषधबाट दुवै तर्फका स्थानिय तर्सित भएका बेला भारतिय प्रहरीले ठूलो सफलता हात पारेको छ । सीमा नजिकै रहेको बजार बनबसामा २६० ग्राम खैरो हिरोइन सहित वर्ष ३० का चमकौर सिंह लाइ भारतिय प्रहरीले पक्राउ गरेको छ । २६० ग्राम खैरो हिरोइनको मूल्य करिब ५० लाख बराबर मूल्य रहेको बताइन्छ । भारतिय प्रहरी (चम्पावत पुलिस उत्तराखण्ड ) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी गराएको छ । अभियुक्त चमकौर सिंह माथी भारतिय प्रहरीमा यस पुर्व नै कतिपय मुद्दाहरु लागेका थिए भने निज अभियुक्त प्रहरी बाट लुक्दै बसिरहेका भन्ने प्रहरीले फेसबुक पेजमा उल्लेख गरेको छ ।