हिजो आज कञ्चनपुरको महेन्द्रनगर बजारमा सामान्यतया आवत जावत गर्न समेत समस्या हुने गरेको पाइन्छ । बढदो जनसंख्खा तथा बदलिदो समय अनुसार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार विस्तार भइरहेको छ बजारको गल्लीहरु पहिलेको भन्दा फराकिलो तथा ठुला बन्दैछन । व्यवस्थित बजार र सवच्छ बजार सम्पुर्ण नगरबासीको चाहाना समेत हुन्छ , तर हिजो आज बजार को व्यापार भने अरु बेला भन्दा सुस्त छ । सबै गल्लीहरु निर्माणधिन रहेका हुदा आवश्यक काम बाहेक मानिसहरु बजारमा कम आवत जावत गरेको पाइन्छ । निर्माण कार्य तिब्र गतिले भइरहेको र व्यवस्थित बाटो फुटपात तथा ढल सहितको सुविधा समपन्न बाटो निर्माण भइरहेको हुदा केही दिन व्यापारमा आम्दानी नभएपनि आफुहरु बजार निर्माणमा खुसी रहेको महेन्द्रनगर बजारका एक व्यापारीले निश्पक्ष आवाज संवाददातालाई बताएका छन । कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा रहेको महेन्द्रनगर बजारमा जिल्लाका प्रमुख कार्यालयहरु अवस्थित रहेका हुदा जिल्लाका सरोकारवाला मानिसहरु महेन्द्रनगर बजार आउने गर्दछ्न ।