कंचनपुर जिल्लाकै नमुनाको रुपमा मानिने महेन्द्रनगर उच्च माध्यमिक विद्यालय ( साधारण ) ले एक समारोहका बिच भव्य रुपमा आफ्नो ७६ औ वार्षिक उत्सव तथा ४६ औ अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व मन्त्री तथा भर्खरै सम्पन्न संघिय निर्वाचनमा कंचनपुर क्षेत्र नम्बर ०३ बाट निर्वाचित रमेश लेखक प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । देशको शिक्षा क्षेत्रमा अग्र स्थानहरुमा आफ्नो गुणस्तर राख्न सफल रहेको साधारण स्कुल स्थापना काल देखि नै अशल शिक्षा तथा दक्ष जनशक्ती उत्पादनमा अगाडि रहेको जानकारहरु बताउने गर्दछन ।