• सुदुरपश्चिममा ३ दिन सम्म भारी वर्षाको पुर्वानुमान

    सुदुरपश्चिम प्रदेश 

    २७ भदौ २०८१

    सुदुरपश्चिम प्रदेशमा ३ दिन भारी वर्षा हुने पुर्वानुमान गरिएको छ। मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको भए तापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापिय प्रणाली थप विकसित भई उत्तरपश्चिम तिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको छ । उक्त प्रणालीको प्रभाव विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा सक्रिय भई वर्षा हुने र सुदूरपश्चिम प्रदेशमा पनि यस प्रणालीको प्रभाव परी मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको भनी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मिति २०८१।०५।२७ गते साँझदेखि २०८१।०५।२९ गते बिहानसम्म सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भारी वर्षा हुने पूर्वानुमान भएको जानकारी गराएको छ ।

  • तीजको खर्च कटाई मेरुदण्ड भाचिएका तारालाइ मुगुबाट सहयोग

    काठमाण्डौ 

    २१ भदौ २०८१

     आज भन्दा ८ वर्ष अगाडि कमाउने उमेरमा घरको एकमात्र साहारा भएका बैतडी पाटन घर भइ कंचनपुरमा बसोबास गर्दै आएका तारा दत्त भट्टको खुशी धेरै दिन टिक्न पाएन । घरमा एक्ली आमा , बुढा बाजे र बिहे गरि एक महिना मात्रै भएकी श्रीमती छोडेर मुगु जिल्लामा सप्रोस नेपाल (NGO) मा काम गर्न फर्किएका तारा हिमपातको कहरमा परे , त्यो साझ कसैले नपत्याउने घटनाको सिकार भएका ताराको मेरुदण्ड नै भाचिन पुग्यो । 

    उपचारमा उनले आफ्नो कंचनपुरमा रहेको जग्गा समेत गुमाए तर कुनै तहको सरकारको उनी माथी आँखा परेन । विभिन्न व्यक्ती तथा सस्थाहरुको सहयोगमा उनी निको हुनेमा विश्वस्त भइ उपचार गराइराखे । हाल काठमाण्डौमा आफ्नो उपचार गराइराखेका तारालाई उनको कर्म जिल्ला मुगुबाट साथीहरुले सहयोग बाफत केही रकम पठाए , त्यो रकम पाउँदा सहयोगको आशा मारिसकेका ताराको निको हुने आशा समेत पलाएको ताराले बताउछन । 

    उनलाई मुगु सदरमुकाममा काम गर्दै गरेका साथीहरु नरेन्द्र रावल ,ऐन बहादुर सावत, अनील कठायत, कल्पना आचार्य, धनलक्ष्मी मल्ल,धनकला डि सी,उग्रेन छिरिङ तामाङ्ग,भिम बहादुर खडका,डबल कुमाई,जयसुर शाही,रविन्द्र रावल,सृजना कार्की रावल,ललिता कुमारी सिंह,ललित बहादुर बुढा,गणेश बोहोरा,सुसान्त बोगटी र प्रेम कामीले गरी २१ हजार ८ सय ३७ रुपैया सहयोग पठाएका छन । उनीहरुले तारालाइ उनको इसेवा 984-8545396 मार्फत सहयोग गरेका हुन । 

    आफुलाइ चिन्ने र आफ्नो अवस्थाबारे सुनेका साथीहरुले मेरो लागी गरेको यो सहयोगको लागी साथी नरेन्द्र रावल लगायत सबैमा आभारी छु भन्दै ताराले आफू निको भइसकेपश्चात सेवा र सहयोगको बाटोमा आफू जस्तै आर्थिक अभावमा उपचार नपाइरहेका को लागी सक्दो सहयोगमा जुटने बताउछन काठमाण्डौमा उपचारमा रहेका तारा दत्त भट्ट । 

  • नेपालका लागी भारतिय राजदुतले गरे आलीतालमा विद्यालय भवनको उदघाटन

    सुदुरपश्चिम प्रदेश , डडेल्धुरा 

    २० भदौ २०८१ 

    आलिताल गाउँ पालिका ०८ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालयको भवनको निर्माण भइसकेको करिब १५ बर्ष पछि उदघाटन भएको छ । बुधबार नेपालका लागी भारतिय राजदुत नवीन श्रीवास्तवले विद्यालयको  उद्घाटन गरेका हुन ।  कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपालका लागी भारतिय राजदुतले विद्यालयले गरेका बिभिन्न कार्यक्रमका बिच बिधिवत रुपमा  विद्यालय उदघाटन गरेका हुन । 

     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा आलीताल गाउँ पालिका वडा न ८ का अध्यक्ष धन ब देउवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारी र आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की रहेका थिए ।  उद्घाटन कार्यक्रमकै बिच कार्यक्रमका अध्यक्ष तथा श्री दुर्गा मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर देउवाले प्रमुख अतिथी श्रीवास्तवलाइ  विद्यालयमा आउदा दिनहरुमा समेत सहयोगको लागी  ज्ञापनपत्र समेत बुझाएको।

    कार्यक्रममा विद्यालयमा प्रयाप्त पुस्तकहरुले सुसज्जित पुस्तकालय, विद्यार्थीहरुका लागी २ वटा ४५ सिट भएको स्कूल बस, छात्र तथा छात्राहरुको लागी  छात्रावास ,विज्ञान र आईसीटी प्रयोगशाला लगायतका आवश्यकता देखाउदै ज्ञापनपत्र बुझाएका थिए । 

  • भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने

    सुदुरपश्चिम, १३ भदौ २०८१

    महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन जानकारी ।

  • तिर्थयात्रामा भएका घटनाहरु

    विश्वमै हिन्दु मुलुकका रुपमा पहिचान बनाएको नेपाल भारतको छिमेकी राष्ट्र समेत हो । प्रत्येक वर्ष नेपालबाट भारतका तिर्थस्थलहरुमा घुम्न जाने नेपाली भक्तजनहरुको संख्या उल्लेख्य रहेको पाइन्छ । नेपाल बाहेक भारतमा समेत हिन्दु धर्मावलम्बीहरुको संख्या बृहत् रहेको पाइन्छ । जसको फलस्वरुप भारतमा समेत हिन्दुहरुले मान्ने गरेका तिर्थ स्थलहरु प्रयाप्त संख्यामा रहेका छन । नेपालसङ्ग भारतको खुला सीमाना रहेको तथा आपसी सम्बन्धमा पनि भारत र  नेपालका जनताहरुको सम्बन्ध मित्रताको सम्बन्ध रहदै आएको छ । भारतमा इष्ट इन्डिया कम्पनीले आफ्नो शासन चलाउदै गर्दा उनीहरु नेपालमा समेत आफ्नो हात बढाउन चाहन्थे तर नेपाल आफ्नो सुरक्षाको लागि आफै तयार रहदा उनीहरुको केही पनि चलेको थिएन इतिहासका पानाहरुमा नेपाल भारत भन्दा बलियो राष्टको रुपमा रहेको थियो । केही दिन अगाडि मात्रै भारतको उत्तर प्रदेश राज्यको हाथरसमा सत्संग चलिरहेका बेला भागदौड मच्चिएर १३० जनाको मृत्यु भएको थियो । 

    तिर्थ स्थलहरुमा भएको यो कुनै नयाँ  घटना भने होइन । सन १९५४ मा कुम्भको मेलामा यस्तै भागदौड मच्चिदा ८०० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए , महाराष्ट्र राज्यमा मंधारदेवी मंदिरको मन्दिरमा भागदौड भइ ३४० जनाले ज्यान गुमाएका थिए । भारतमा रहेका तिर्थ स्थलहरुमा धार्मिक आस्था भइ उल्लेख्य रुपमा नेपालीहरुको पनि सहभागिता रहेको हुन्छ ।

    भारतिय तिर्थ धामहरुमा अहिले सम्म भएका भागदौडका  केही ठुला घटनाहरु तथा मानविय क्षतीका विवरण यस्ता रहेका छन । 

    # सन 1954: फरवरी ३ मा कुंभ मेलामा ८०० भन्दा बढी मानिसहरुले ज्यान गुमाएका , २००० भन्दा मानिसहरु घाइते तथा २०० जना हराएका थिए ।

    # भारतको महाराष्ट्र राज्यको मंधारदेवी मंदिर मन्दिरमा भागदौड हुदा ३४० जनाले ज्यान गुमाएका थिए । 

    # उत्तर प्रदेश राज्यको हाथरसमा सत्संग कार्यक्रममा भागदौड भइ  १३० जनाले ज्यान गुमाएका थिए । 

    # 30 सितंबर 2008: राजस्थानको जोधपुर शहरमा चामुंडा देवी मंदिरमा बम विस्फोटको भ्रम फैलिन गई सबै जना भाग्न खोज्दा  250 भक्तजनहरुको मृत्यु भएको थियो भने 60 भन्दा बढी मानिस घाइते भएका थिए । 

    # 3 अगस्त 2008: हिमाचल प्रदेशको नैना देवी मंदिरमा  देवी माताको दर्शन गर्न गएका भक्तजनहरुमा भागदौड मच्चिदा 146 जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो । 

    # 3 सितंबर 2008: राजस्थानको चामुंडा देवी मंदिरमा भागदौड मच्चिदा  224 जनाले ज्यान गुमाएका थिए । 

    # 4 मार्च 2010: उत्तर प्रदेशको प्रतापगढ़ जिल्लामा कृपालु महाराजको राम जानकी मंदिरमा भागदौड मच्चिएको थियो। उक्त भागदौडमा 63 जनाको मृत्यु भएको थियो । 

    # 10 फरवरी 2013: प्रयागराजमा कुंभ मेला चलिरहेको बेला भागदौड मच्चिएर  ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौ भक्तजनहरु घाइते भएका थिए । 

    # 1 जनवरी 2022: जम्मू कश्मीरको कटरामा रहेको वैष्णो देवी मंदिरमा भक्तजनहरुको भीड़मा भागदौड मच्चिदा 12 जनाको मृत्यु भएको थियो । 

    # 14 जनवरी 2011: केरलको इडुक्की जिल्लामा रहेको सबरीमाला मंदिरमा तिर्थयात्रीहरु बिच भागदौड हुदा 109 जनाको मृत्यु भएको थियो ।

    # सन 2013: मा मध्य प्रदेशको  रतनगढ़ माता मंदिरमा भागदौड मच्चिदा मानिसहरु भाग्न खोज्दा मन्दिर सम्म जाने पुलनै भाच्चिएर ११५ जनाको मृत्यु भएको थियो ।  

    # मार्च 2023: पछिल्लो वर्षको मार्च महिनामा मध्य प्रदेशको इंदौरमा बेलेश्वर महादेव झूलेलाल मंदिर (Indore Temple Accident) को स्लैब टुटन गइ मन्दिरमा भागदौड हुदा 36 जनाको मृत्यु  भएको थियो ।