सुदुरपश्चिम प्रदेश धनगढी, १० असार २०८१ धनगढीको रामजानकी मन्दिरमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको सह-आयोजनामा ” प्रथम प्रादेशिक लोक भजन प्रतियोगिता-२०८१” सम्पन्न भएको छ । प्रतियोगितामा कंचनपुर जिल्लाको भीमदत्त नगरपालिकाबाट सहभागी राधेश्याम भजन मण्डलीले प्रथम स्थान हासिल गर्दै प्रमाण पत्र र नगद रु. २० हजार प्राप्त गरेको छ।कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशी प्रमुख अतिथि रहेका थिए । उक्त प्रतियोगितामा २५ टिमका प्रतियोगीहरू विभिन्न धार्मिक संगठनका प्रतिनिधिहरू लगायतको सहभागीता रहेको थियो ।
राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ धनगढीमा उद्घाटन, मन्त्री रेखा शर्माको विशेष उपस्थिति, बालबालिकाको सर्वांगीण विकास र चलचित्रमार्फत समाज परिवर्तनको पहल।
कंचनपुरका मोडल तथा कलाकार अंश वर्माले “ए साईली” गीतबाट “Best Model Of The Year” पुरुस्कार पाएका छन। काठमाण्डौमा रारा राष्ट्रिय म्युजिक अवार्डको संयोजनमा “रारा राष्ट्रिय म्युजिक अवार्ड -२०७९” कार्यक्रममा अंशले सर्वोत्कृष्ट नव मोडल पुरुस्कार पाएका हुन । यस अघि पनि मोडल अंशले सगरमाथा म्युजिक अवार्डको आयोजनामा आयोजित कार्यक्रममा “Public Choice Of The Year” पुरुस्कार समेत हात पार्न सफल हुनु भएका थिए । सुदुरपश्चिमको कंचनपुर जिल्ला घर भएका अंश वर्मा युवा पुस्ता माझ लोकप्रिय तथा सफल मोडल तथा कलाकार समेत हुन ।